करेन्ट लागेर बालिकाको मृत्यु

काठमाडौं। दैलेख गुराँस गाउँपालिका–४ चिसापानी घर भएकी १३ वर्षीया दिपिका नेपालीको करेन्ट लागेर निधन भएको छ।

घरदेखि गुराँस गाउँपालिका–२ स्थित मामाघर गएकी ती बालिकालाई कच्ची सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो। मामाघरदेखि नजिकै रहेको फुपुको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको उहाँको भनाइ छ।

‘गुराँस गाउँपालिका–२ को गयलसेनस्थित बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको हो, तत्कालै उद्धार गर्ने अवस्था नहुँदा बालिकाको घटनास्थलमै निधन भयो,’ प्रहरी निरीक्षक कार्कीले भन्नुभयो। बालिकाको शव पोष्ट मार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ।

बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो। बालिका बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत थिइन्। उनी गुराँस गाउँपालिका–४ को जोखिममा परेका बालबालिकाको सूचीमा थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us