काठमाडाैं । पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठकाे निधन भएकाे छ । श्रेष्ठकाे उपचारकाे क्रममा शनिवार राति ९२ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
लामो समयदेखि विरामी भई थला पर्नुभएका श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार हुँदाहुँदै निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । उहाँमा पछिल्लो समय स्वासप्रश्वास सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्याे ।
२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रियसभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहनुभएकी मैयादेवी श्रेष्ठले काग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवनमा तीनतले घरजग्गा पार्टीलाई दान दिनुभएकाे थियाे ।