काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावी घोषणापत्र तिहार पछि मात्रै सार्वजनिक गर्ने भएको छ ।
घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको र सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्र आउने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनु भयो ।
‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले भन्नुभयो ।