गठबन्धनका र्शीष नेता वीरेन्द्रनगरमा

सुर्खेत । सत्तारुढ गठबन्धन दलले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

वामलोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो। आइतबार बिहान सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा संयुक्त भेला सकेर नेताहरु सम्बोधन गर्न वीरेन्द्रनगर पुग्नु भएको हो ।

भेला वीरेन्द्रनगर नगरपालिमा रहेको शुभ होटलमा राखिएको छ। भेलामा कर्णाली प्रदेशका १० जिल्ला गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ३६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार समेत सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *