देश गम्भीर मोडमा उभिएको छ: सभापति देउवा

कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताउनु भएको छ ।

आइतबार धनगढीमा आयोजित ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउनु भएको हो ।

त्यसैगरी, नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको पनि उहाँले बताउनु भयो । ‘२००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

साथै, जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्दै उहाँले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गर्नु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *