काठमाडौं । आजदेखि एक साता सार्वजनिक बिदा शुरू भएकाे छ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजादेखि शुरू भएकाे बिदा कात्तिक १३ गते मात्रै सकिने छ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ ।
१३ कात्तिकमा छठ पर्वको बिदा ताेकिएकाे छ भने सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ ।