आगलागी हुँदा करिब ७५ लाखको धनजनको क्षति

मकवानपुर । थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी भएको छ । आगलागीबाट सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण (कम्प्युटर/टेलिभिजन) लगायत जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ७५ लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिनुभयो ।

उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *