ए डिभिजन लिगका अन्तिम चरणका खेल आजबाट

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल समापन नजिक पुगेको छ। अब प्रतियिताका अन्तिम चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछन्। प्रतियोगिताको विजेता र रेलिगेशन समिकरण पुरा भएकाले अबको प्रतिस्पर्धा भनेको माथिल्लो स्थानमा रहनका लागि मात्र हुनेछ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लबले संकटासँग प्रतिस्पर्धा गर्दै छ। दिउँसो १ बजे हुने खेलमा जावलाखेलका लागि भन्दा संकटाका लागि यो खेल महत्वपुर्ण छ। संकटा तीन अंक जोडेर अंक तालिका सुधारको प्रयासमा हुनेछ।

जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ। संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ। त्यसैले संकटा आफ्नो अन्तिम खेलमा तीन अंक जोड्दै सक्दो माथि रहने प्रयास गर्ने छ। साथै अन्तिम खेललाई सुखद बनाउने लक्ष्य दुबै टीमको हुनेछ।

त्यस्तै शुक्रबारनै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा थ्री स्टारले रेलिगेशन परिसकेको ब्रिगेड ब्वाइजसँग खेल्दै छ। दिउँसो १ बजे सुरु हुने खेलमा थ्री स्टारपनि आफ्नो अन्तिम खेल सुखद बनाउने प्रयास गर्ने छ। ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहँदै रेलिगेशनमा परिसकेको छ।

थ्री स्टार भने १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। थ्री स्टारपनि लिगको सुखद अन्त सँगै अंक तालिका सुधारको प्रयासमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us