देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल  ६६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *