काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओडीआईमा ५० विकेट पूरा गरेका छन् ।
सन्दीपले शनिबार पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा १३ औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै ओडीआईमा ५० विकेट पूरा गरेका हुन् ।
सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । योसँगै सन्दीप ओडीआईमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
साथै, सन्दीप सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर पनि बनेका छन् ।
ओडीआई विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट १९ खेलमा श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ ।