गठबन्धनका उम्मेदवारलाई विजयी गराउन शीर्ष नेताहरुको अपिल 

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल गरेको छ ।

शुक्रबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा सो अपिल गरिएको हो ।

विज्ञप्तिमार्फत सत्तारुढ गठबन्धनले केही स्थानहरूमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता पनि गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘‘केही स्थानहरूमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूचि सार्वजनिक गरिएको छ । केही स्थानहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ती स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us