नेपाली कांग्रेसको चुनावी घोषणापत्र सावर्जनिक

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने ‘प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी  सङ्कल्प पत्र सार्वजनिक गरेकाे हाे ।

शनिबार पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुरकाे उपस्थितिमा सङ्कल्पत्र सार्वजनिक गरिएकाे हाे ।

महामन्त्री विश्वप्रकाश शर्माकाे नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले एक महिनाकाे समय लगाएर घाेषणापत्र (सङ्कल्पत्र) तयार गरेकाे थियाे ।

घाेषणापत्र लेखन कार्यमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञ तथा नेताहरूकाे सहभागिता रहेकाे थियाे ।

सार्वजनिक भएकाे ५२ पृष्ठ लामो घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us