बम विष्फोटमा परि ज्यान गुमाउनेको संख्या २ पुग्यो

कालिकोट । कालिकोटमा भएको बम विष्फोटमा परि ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।  शनिबार बिहान ८ बजे कालिकोटमा भएको बम विष्फोटमा घाइते ४ वर्षीया बालिका सरस्वती रानाको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

बम  तिलागुफा नगरपालिका–१० रानाबाडामा बालबालिका खेलिरहेको अवस्थामा विष्फोट भएको थियो । यसअघि ४ बर्षीया बालिका झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइते भएका ७ वर्षीया कमल थापा, ५ वर्षीया मुस्कान थापा, ३ वर्षकी सपना थापाको भने उपचार भइरहेको छ । घाइते नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो ।

पाँच बालबालिका कोदो बारी नजिकैको बाटोमा खेलिरहेको अवस्थामा अचानक बम विस्फोट भएको प्रहरी नायब उपरीक्षक रिमालले जनाउनुभयो । सकेट बम बिस्फोट भएको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धानका लागि नेपाल प्रहरीको प्रहरी निरीक्षक र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us