कान्ति न्यौपाने । हरेक मानिसको जस्तै सुधीरको पनि उद्देश्य थियो, धेरै पैसा कमाउनु, नाम कमाउनु, समाजमा इज्जत प्रतिष्ठा बटुल्नु, सबैको अगाडि सानका साथ बाँच्न सक्नु, भौतिक सुख, सुविधाले सम्पन हुनु । उ पनि त आम मानिस नै थियो । यति उद्देश्य हुनु सामान्य नै हो ।
त्यसमा पनि उ सुदुर गाउँको गरिब परिवारमा हुर्किएको मान्छे । खान लाउनकै धौँ/धौँ पर्ने, मेलापात गएर गुजारा गर्नुपर्ने । सामान्य परिवारमा हुर्किएको उसलाई यति लाग्नु अस्वभाविक थिएन । त्यहीँ भएर पनि उ मेहनती गथ्र्यो, रातदिन नभनी खट्थ्योँ ।
सामान्य परिवारमा जन्मिएको उसलाई मीठो खानु, राम्रो लगाउनु कल्पना बाहिरकै कुरा थियो । उसकी आमा कैयौँ दिन आधी पेट खाएरै उठ्थिँन । बावाको जागिर थिएन । उ सहित ६ जना छोराछोरी पाल्न उसका बावालाई धौँ÷धौँ पथ्र्योँ । खेतीपाती र मेलापातकै भरमा बाउले व्यवहार धान्दै आएका थिए । सुधीरको स्कुल गाउँकै पञ्चकन्या संस्कृत विद्यालयबाट भयो । सानोमा उसले संस्कृत पढ्योँ । त्यसपछि उ थप पढ्न करिब २ घण्टाको दुरीमा रहेको सानागाउँ माविमा जान्थ्योँ । सानैदेखि उसको पढाई राम्रो । घरमा असंख्य पीडाका बावजुद पनि उ दोश्रो भएन ।
मेहनतका साथ पढेर उसले गाउँबाटै एसएलसीसम्मको शिक्षा हासिल गर्यो । अनि, नजिकैको सदरमुकाममा रहेको अर्को कलेजबाट १२ सम्मको शिक्षा हासिल गर्यो, त्यो पनि राम्रो नम्बरमा । तर, उसलाई पढ्ने भोक अझै जागेको थियो । जीवनमा सफल हुनु, पैसा कमाउनु, नाम कमाउनु उसको उद्देश्य थियो । तर, बुवाले पैसा तिरेर पढाउने अवस्था थिएन । बरु घरमा बिहेको कुरा चल्न थालिसकेको थियो । अनि उसले निर्णय गर्छ, अब म सहर पस्छु । नभन्दै उ भोलिपल्ट राति नै बुवाको खल्तीबाट सय रुपैयाँ झिकेर सहरको यात्रा तय गर्छ ।
पहिलोपटक शहर पसेको उसलाई कहाँ जाने के गर्ने, कसलाई भेट्ने थाहै थिएन । उसलाई एउटा आड थियो, छिमेकी ठूलोबुवाको छोरो काठमाडौँको मैतीदेवी बस्छ भन्ने । तर, उसँग न फोन थियो, न उसलाई भेट्ने आईडिया । तरपनि, मैतीदेवी मन्दिर नजिकै पुग्दा कसो नभेटिएला भन्ने भरोसा सहित उ सहर पस्यो । सबै अपरिचित, सबै विरानो, कता जाने कता ? त्यहीँ पनि उ अनेक मानिसलाई सोध्दै मैतीदेवी मन्दिर पुग्यो । दिनभरि त्यहीँ आसपास बस्यो । बचेको पैसाले केही खायो । अनि मानिसलाई दाजुको नाम लिदैँ सोध्दै गर्न थाल्यो ।
केही सिप नलागेपछि मन्दिरको आडमा अडेस लाग्न थाल्यो । उसलाई कताकता बेकार घरबाट भागेर आएँ पनि नलागेको होईन, अनि अर्कातिर पैसा नि सकिसकेको थियो । उ एकैछिन त्यहीँ बसिरह्यो, हरेक मान्छेलाई उसका छिमेकी दाजु होकि सोँच्दै । नभन्दै केहीबेरमा सागको मुठो हातमा लिएर उसका सन्तराम दाई त्यहाँ झुलुक्क देखापरे ।
पारिपट्टी सन्तरामलाई देख्दा खुसीको सीमै रहने । उ दगुर्दै गएर सन्तरामको हात समात्यो । अहो साईँला कहाँबाट त यहाँ ? कहिले आईस्, काठमाडौँ ? उ एकैछिन बोल्नै सकेन । हिजो आएँ । अनि किन आईस्? भागेर आएको हो । उसले मुन्टो निहुँर्याएर भन्यो, हो भागेर आएको । मलाई धेरै पढ्न मन छ दाई । उसको कुरामा सहमति जनाउँदै, पढ्नु त पर्छ, उनले भने । उसलाई अलिकति आड मिल्यो ।
त्यसपछि सन्तरामले मैतीदेवीमा रहेको कोठामा सुधीरलाई लग्यो । बेलुकी उनीहरुले साग र भात खाएँ । पढ्ँदै सामान्य जागिर खाँदै गरेको सन्तरामको कोठा सामान्य थियो । सुत्ने खाट थिएन, उनीहरु भुईँमै सुते ।
भोलिपल्ट उठेर खाना खाएपछि सुधीरलाई लिएर सन्तराम आफूले काम गर्ने अफिसमा पुग्योँ । उ माडेको पसलमा काम गथ्र्यो । त्यो माडेले बाहिरबाट सामान ल्याएर नेपालमा बेच्थ्योँ र त्यहीँ नाफाले उ करोडपति बनिसकेको थियो । उसले लगेर भाईलाई चिनायो र सामानओसारपसार गर्ने ठाउँमा जागिर मिलाईदिन आग्रह गर्यो । नभन्दै माडेले भोलिपल्टै काममा बोलाउने गरि जागिर दियो । दुवैजना निकै खुसी भए । बेलुका घर पुगेर साग र भात खाएर दुवै जना सुते ।
जागिर पाईनेभएपछि सुधीरको खुसीको सीमा थिएन । किनभने उसलाई अब पढ्न पाउँछु भन्ने थियो । अनि उ र दाई काममा सधैँसँगै जाँन्थे । काम सकेर सुधीर छिट्टो निस्कँन्थ्यो र घण्टाघर नजिकै रहेको त्रिचन्द्र कलेजमा पढ्न जान्थ्योँ । उ बहुतै मेहनती थियो । यता जागिरमा उसले सक्दो मेहनत गरेको थियो भने उ रातभरि नसुती पनि पढ्ने गथ्र्यो ।
नभन्दै उसले स्नातक र स्नातकोत्तर तहमा धेरै राम्रो नतिजा हासिल गर्यो । उसले कलेज टप गर्यो । राम्रो पढाईँकै कारण उसले त्यहीँ कलेजमा पढाउने मौका पनि पायो । त्यसपछि उ माडेकोमा जागिर छोडेर कलेज पढाउन थाल्यो । उसलाई माडेकोमा भन्दा राम्रो पैसा, सम्मान र इज्जत मिलेको थियो । उसको प्रगति देखेर सन्तराम पनि खुसी थियो ।
उ कलेजमा धेरै मेहनतका साथ काम गथ्र्यो । विस्तारै उसको पैसा पनि बच्न थाल्यो । अनि उसले माडेकोमा ५ वर्ष बढी काम गरेको अनुभवलाई प्रयोगमा ल्याउन असनमा व्यापार सुरु गर्यो । बाहिरबाट सामान ल्याउने होलसेलमा दिने र त्यहीँ पनि सामान बेँच्ने गर्न थाल्यो । उसको व्यापारले यति धेरै फड्को मार्यो कि ३ वर्षको अवधिमा उ गाडीमा हिँड्नसक्ने भयो । उसले व्यापारलाई थप बढायो ।
कतिपय सामानहरु नेपालमै पनि उत्पादन गर्न थाल्यो । उसले काठमाडौं छिरेको एक दशकको अवधिमा धेरै ठूलो सफलता हासिल गर्यो । उसको सफलता देखेर बा आमाको खुसीको सिमै थिएन । केही नभनी घरबाट भागेको छोराले जीवन नै परिवर्तन हुनेगरि प्रगति गरेपछि खुसी हुनु स्वभाविक पनि हो । अनि, उसले सहरकै धनाढ्यकी एकजना छोरी बिहे गर्यो । २ वटा सन्तानका बावु बन्यो । केही वर्षपछि उसका बावाआमा बिते ।
उसको बिजनेश झनै उकालो लागेको थियो । तर, समय पनि यति छिट्टै दौडिएको थियो कि उसको कालो कपाल सेतो हुन थाले, गालामा चाउरी देखिन थाले, पैसा कमाउने भागदौडमा बितेका ५० औँ दशकपछि शरिरले आराम खोज्न थाल्योँ, तरपनि उसमा कमाउने तीव्र ईच्छा घटेको थिएन । हुनपनि, मानिसलाई न सम्पत्तिले पुग्छ न कमाउने इच्छा नै मर्छ । उ अझैपनि कम्पनीहरु सबै सम्हाल्दै थियो । दिनरात नभनी खटिरहेको थियो ।
यस्तैमा उसको अर्को दशक पनि बित्यो । कपाल पुरै फूले, हातगोडा काँपेको, कताकता काम गर्न नसकेको अनुभूति हुनथाल्यो । उसलाई प्रेशर, सुगर, थाईराईड जस्ता समस्या देखिन थाले । पैसाको कमी थिएन । वर्षोदेखि घरमै डाक्टर पनि राखेको थियो उसले । तर, स्वास्थ्यले साथ नदिएपछि उसको के लाग्छ, उसलाई कलेजोको क्यान्सर भयो । तर, उसँग जति पैसा जति सम्पत्ति भएपनि पूर्ण निको पार्ने उपचार भने थिएन ।
किनभने उसको क्यान्सर जटिल अवस्थामा पुगिसेकेको थियो । त्यसपछि उसले आफ्नो नियमित उपचार गर्ने डाक्टरलाई भेटेर जति पैसा लागेपनि तिर्ने तर आफूलाई निको हुने उपाय के छ भनेर सोध्छ तर, त्यसको कुनै उपाय नभेटेपछि उ बल्ल झल्याँस्स हुन्छ । जीवनको उत्तरार्धमा पुग्दा समेत उ अझै पैसा मात्रै कमाउँदै रहेछ । पैसाको पछि लाग्दा लाग्दा उसले आफू को हुँ भन्ने समेत सोँच्न पाएन । सारा दिन पैसाकै लागि ब्यतीत गर्यो ।
कहिल्यै आफन्त, परिवार र समाजकोबारेमा सोँच्न भ्याएन । अनि उसले डाक्टरलाई सोध्यो, अब मेरो बाँच्ने समय कति छ ? डाक्टरले भन्यो बढीमा २ महिना । उसलाई एक्कासी छाँगाबाट खसेजस्तो लाग्यो, जीवनभर दुख गरेर कमाएको अरबौँ पैसा उसको अगाडि मूल्यहीन भए ।
अनि उसले निधो गर्यो, अब म मर्नु अगाडिको दुई महिना आफूलाई चिन्छु, जीवनभर गरेका राम्रा, नराम्रा कुराको अध्ययन गर्छु र बाहिर कुनै घाटमा मर्छु । त्यसपछि उ थोरै पैसा र एकजोर कपडा बोकेर सदाका लागि घर छोडेर मुक्तिका लागि निस्कन्छ । घरबाट निस्कने बेलामा एकपटक घरलाई हेर्छ, अनि गहभरि आँसु पारेर उ मुक्तिमार्गको बाटो लाग्छ । करौँडौको गाडी भएको उ सावर्जनिक बसको सिटमा बस्छ ।
करिब १२ घण्टाको यात्रापछि आर्यघाटको छेउमा रहेको मुक्तिधाममा उ पुग्छ । जहाँ उमेर पुगेका, मर्न लागेका र जीवनप्रतिको आशा हराएका मानिसहरु मात्रै भेटिन्थेँ । त्यसपछि उ आर्यघाट नजिकै रहेको एउटा आश्रममा केही पैसा दिएर बस्यो । अनि, उसले त्यहाँ बसेर आफ्नो विगत सम्झिन थाल्योँ । बाल्यकालमा पाएको दुख, गरिबी र अभाव अनि जीवनको मध्यान्तरमा प्राप्त गरेको सफलता । उसले त्यहाँ बसेर आफ्ना आफन्त, छोराछोरी, शत्रु, मित्र र साथीभाई सबैलाई सम्झिन्छ, तर अहिले कोही पनि उसका साथमा दिएनन् ।
उसलाई लाग्थ्योँ, मेरो सफलतामा अघिपछि लाग्ने सबै मृत्युमा पनि साथ हुनेछन् । तर, उसलाई यी कुराले कताकता बेचैनी पनि हुन्छ । कताकता मृत्यु नजिकै आईसकेको आभाष पनि हुन्छ । उसका नजिकै रहने सबै मानिस मृत्युको प्रतीक्षामा थिए । उ बिहानै उठेर झ्यालबाट बाहिर हेर्दा आर्यघाटमा लास जल्न सुरु भईसकेको हुन्थ्योँ । कतिपय बिहानमा त उ आर्यघाटमा मानिसहरु चिच्याएँको, रोएको आवाजले बिउँझिन्थ्योँ ।
पैसा मात्रै सबैथोक लागेको उसलाई अब मृत्यु प्यारो लाग्न थालेको थियो । मानिसको मृत्यु हुनअघिको पीडा, दर्दनाक अवस्था हेरेर उ आफूलाई सम्हाल्न सक्दैँनथ्यो अनि घण्टौँ आर्यघाटको किनारमा बस्थ्योँ । अनि, आफूले आफूलाई नै जीवनभर समय दिन नसकेकोमा उसलाई ग्लानि हुन्थ्योँ ।
उ आफ्नो विगतलाई यसरी सम्झिन्छ, मानौँ कुनै फिल्ममा फ्ल्यास ब्याकवाला दृश्य देखिईरहेको छ । भौतिक जीवन चलाउन पैसा अति आवश्यक भएपनि अन्तिम सत्य भनेको मृत्यु रहेछ, खाली रहेछ, शुन्य रहेछ र एक्लै रहेछ, उ यहीँ निष्कर्षमा पुग्छ । करौँडोको जिन्दगीबाट शुन्यमा फर्किएको उ वास्तवमै एक्लो भएको थियो, जीवनभरि कमाएको सम्पत्ति इज्जत, प्रतिष्ठा सब अर्थहीन सोचिरहेको थियो ।
नभन्दै, क्यान्सरको अन्तिम अवस्थामा पुगिसकेको र औषधी खानछोडिसकेको सुधीर एक बिहान सदाकै लागि अस्तायो । करोडौँको महलबाट आर्यघाटको आश्रममा पुगेको उसलाई त्यहीँका व्यक्तिले जलाएर किरिया गरिदिए ।
जीवनभरि कमाउने धुनमा लागेको सुधीरले अन्तिम समयमा जीवन र जगत्लाई बुझ्छ तर, उसका लागि वास्तविकता बुझ्ने समय ढिला भईसकेको थियो । तरपनि, जीवनभर अमूल्य ठानेको धनलाई अन्तिम अवस्थामा अर्थहीन बनाएर उ सदाका लागि बिदा हुन्छ ।