भोलि सावर्जनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभएको छ । 

केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । 

आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो । उहाँले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us