काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एकीकृत समाजवादीले सोमवार घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
यस्तै सोमवार नै माओवादी केन्द्रले पनि संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदासमेत प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन् । निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।
सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।
५ कात्तिकमै घोषणापत्र सार्वजनिक गर्ने बताएको राप्रपाले पनि सोमवार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।