पुरातात्विक महत्वको संरचनाको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडाैं । पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो ।

यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । 

समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *