मनसुन अनुकूल नभएपछि यस वर्ष धान रोपाइँ घट्यो, उत्पादनमा कमी हुने आशंका

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार यस वर्ष मनसुन समयमै अनुकूल नभएकाले देशभर धान रोपाइँमा कमी आएको छ । आइतबारसम्मको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष ३.६४ प्रतिशत कम धान रोपाइँ भएको विभागले जनाएको छ ।

गत वर्ष यसै समयमा मुलुकभर ९८.५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ९४.९ प्रतिशत मात्र रोपाइँ भएको छ । कुल १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३.३ प्रतिशत हो ।

प्रदेशगत रोपाइँ स्थिति

कोशी प्रदेश : गत वर्ष १००% → यस वर्ष ९७.२४%

मधेस प्रदेश : गत वर्ष ९७% → यस वर्ष ८६.३५%

बागमती प्रदेश : गत वर्ष ९९% → यस वर्ष ९७.२७%

गण्डकी प्रदेश : गत वर्ष ९८% → यस वर्ष ९६.६३%

लुम्बिनी प्रदेश : गत वर्ष ९८% → यस वर्ष ९८.३७%

कर्णाली प्रदेश : गत वर्ष ९९% → यस वर्ष ९९.७२%

सुदूरपश्चिम प्रदेश : गत वर्ष १००% → यस वर्ष ९९.७२%

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार, वर्षा समयमा नपरेको र मधेस प्रदेशमा ढिलो भएको कारण रोपाइँ प्रभावित भएको हो । पर्याप्त वर्षा र सिँचाइ सुविधा अभावले यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने प्रक्षेपण गरिएको छ ।

धान उत्पादन स्थिति

मन्त्रालयका तथ्याङ्कअनुसार गत वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । प्रदेशगत उत्पादन यसप्रकार छः

कोशी प्रदेश : १४,६६,५१८ मेट्रिक टन

मधेस प्रदेश : १४,८०,८३० मेट्रिक टन

बागमती प्रदेश : ४,९८,६३२ मेट्रिक टन

गण्डकी प्रदेश : ३,७९,०३२ मेट्रिक टन

लुम्बिनी प्रदेश : १३,६४,०३१ मेट्रिक टन

कर्णाली प्रदेश : १,३०,१९१ मेट्रिक टन

सुदूरपश्चिम प्रदेश : ६,३६,२१२ मेट्रिक टन

उत्पादन वृद्धिदर

वृद्धि : कोशी (२.१६%), मधेस (१०.७%), लुम्बिनी (४.०६%), सुदूरपश्चिम (६.१९%)

ह्रास : बागमती (१.१३%), गण्डकी (३.२२%), कर्णाली (१०.३%)

विशेषज्ञहरूका अनुसार समयमै वर्षा नभएको, सिँचाइको पर्याप्त सुविधा नपुगेको र रोपाइँमा ढिलाइ भएकाले यस वर्ष कुल धान उत्पादनमा उल्लेख्य कमी आउन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *