मन्त्रीले मल दिन सकेनन् , किसानले आफ्नै बलबुँतामा ४५ प्रतिशत रोपाइँ सके

काठमाडौँ । असार मध्यसम्म पनि किसानले रासायनिक मल पाउन सकेनन् । हरेक बर्ष रासायनिक मल अभाव खेप्दै आईरहेका किसानहरुलाई मल दिन नसक्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल उपलब्ध गराउन नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिईसकेका थिए ।

नेपालको प्रमुख बाली धान रोप्ने समयमा पनि बल उपलब्ध गराउन सकिँदैन भन्ने कृषि मन्त्री यदि नेपालको नभएर अन्य देशका भईदिएको भए नैतिकतामा आधारमा राजीनामा दिन्थे । तर नैतिकता हराएका नेपालका कृषि मन्त्रीले लाचारीासाथ किसानहरुलाई मल उपलब्ध गराउन नसकिने अभिव्यक्ति दिन्छन् ।

यस्ता लाचार कृषि मन्त्री भएको देशमा कृषि उत्पादकत्व बढाउनका र आफ्नो खेत बाँझो हुनबाट जोगाउन किसानहरु आफ्नै बलबुँताबाट रोपाईँ सक्दैछन् । लाचार कृषि मन्त्री अधिकारीले नेतृत्व गरेको कृषि मन्त्रालय मातहतमै रहेको बाली विकास निर्देशनालयको तथ्यांकलाई हेर्ने हो भने पनि असार २३ गतेसम्ममा मुलुकभरका किसानहरुले गरेको रोपाइँको अवस्थमा ४५ प्रतिशत खेतमा धान रोपाइँ भईसकेको छ ।

रासायनिक मलको अभावकैबिच किसानहरुले ६ लाख २३ हजार १ सय ४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको तथ्यांक मन्त्रालयमा छ । गत वर्षको तुलनामा यस वर्ष सोही अवधिमा धान रोपाईको अवस्था हेर्ने हो भने दुई प्रतिशतले बृद्धि भएको देखिन्छ ।
यसले के प्रष्ट पारेको छ भने हाम्रा कृषि मन्त्री जति नै नालायक र लाचार भएपनि कर्मयोगी किसानहरुका कारण मुलुकमा कृषि बाँचिरहेको छ । हुन त पछिल्लो समय धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुन थालेपछि धान रोप्ने क्षेत्रफलसमेत घट्दै गएको हो ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा ३९ अर्ब रुपियाँ बराबरको सात लाख ५३ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको तथ्याङ्कले देखाएको छ । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग हुने गरेकोमा अपुग १० लाख मेट्रिक टन खाद्यान्न आयात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *