एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाईलाई प्रदान गरिने भएको छ ।
७१ वर्षीय लेखकको आकर्षक र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले जनाएको छ । उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउनुहुनेछ ।
क्राज्नाहोर्काइलाईको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो शहरमा भएको थियो । उहाँका कैयौं कृति हङ्गेरियन भाषामा प्रकाशित छन् । उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन् ।
क्राज्नाहोर्काइलाईले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ । उहाँले सन् २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसहित धेरै पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ ।
यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्रतर्फ, चिकित्साशास्त्रतर्फ र भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताहरूको नाम घोषणा हुनेछ ।