मुरहरि रायमाझीको ‘गाउँ बिरानो भयो’ सार्वजनिक


काठमाडौं । कवि मुरहरि रायमाझीको चौथो पुस्तक ‘गाउँ बिरानो भयो’ प्रगतिशील लेखक संघको एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको छ ।

शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले सार्वजनिक गरे ।

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छ। कवितासङ्ग्रह ‘गाउँ बिरानो भयो’मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् ।

सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो । यस्तै नवराज दाहाल उत्साहीले विशेष रचना वाचन गरे ।

प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *