हालसम्मै सर्वाधिक कमाउने २५ नेपाली चलचित्र: सर्वाधिक कमाई कति छ ?

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गरेको छ । नेपाली चलचित्रको ६ दशक लामो इतिहासमा प्रदर्शन भएका हजारौँ चलचित्रमध्ये बोर्डले बक्स अफिसको तथ्याङ्कका आधारमा यो सूची तयार गरेको हो ।

नेपाली चलचित्रको यात्रा ‘आमा’बाट सुरु भएको थियो । ‘माइतीघर’, ‘दर्पन छाया’, ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘देउता’, ‘आगो’ र ‘मुगलान’जस्ता चलचित्रले आफ्नो समयमा उत्कृष्ट कमाइ गरेर ब्लकबस्टर बनेका थिए । यी चलचित्र सयौं दिनसम्म हलमा चले र लाखौँ कमाए । यद्यपि, ती बेला बक्स अफिसको औपचारिक तथ्याङ्क राख्ने प्रचलन नभएका कारण यी चलचित्र शीर्ष २५ मा समावेश छैनन् । तथापि, यिनको नेपाली चलचित्र इतिहासमा विशेष स्थान छ। साथै, ‘नुमाफुङ’ र ‘शाम्बाला’जस्ता कलात्मक चलचित्रको पनि आफ्नै विशिष्ट महत्त्व छ ।

बोर्डले बक्स अफिस तथ्याङ्कका आधारमा सार्वजनिक गरेको सूचीमा ‘पूर्णबहादुरको सारंगी’ शीर्ष स्थानमा छ। यो चलचित्रले १७ लाखभन्दा बढी टिकट बिक्री गरी ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँभन्दा बढी कमाएको छ। दोस्रो स्थानमा ‘कबड्डी ४’ (२१ करोड ४० लाख), तेस्रोमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), चौथोमा ‘छक्कापन्जा ४’ (१७ करोड ५३ लाख) र पाँचौंमा ‘जारी’ (१७ करोड ४७ लाख) रहेका छन् ।

त्यसैगरी, छैटौँ स्थानमा ‘छक्का पन्जा १’ (१६ करोड १० लाख), सातौंमा ‘महाजात्रा’ (१५ करोड ६७ लाख), आठौंमा ‘छक्का पन्जा ५’ (१५ करोड २० लाख), नवौंमा ‘कोहीनुर’ (१४ करोड ७५ लाख) र दशौंमा ‘छक्का पन्जा २’ (१४ करोड ५१ लाख) रहेका छन् ।

हेर्नुहोस् शीर्ष २५ को सूची:

पूर्णबहादुरको सारङ्गी – ४६ करोड ८७ लाख ४१ हजार
कबड्डी–४ – २१ करोड ४० लाख
१२ गाउँ – १९ करोड ९२ लाख
छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
जारी – १७ करोड ४७
पञ्जा १ – १६ करोड १० लाख
महाजात्रा – १५ करोड ६७ लाख
छक्का पञ्जा ५ – १५ करोड २०
कोहिनुर – १४ करोड ७५
छक्का पञ्जा २ – १४ करोड ५१ लाख
शत्रुगते – १२ करोड ६५ लाख
ऊनको स्वीटर – १० करोड ६२ लाख
कबड्डी २ – १० करोड ३५ लाख
बोक्सीको घर – १० करोड १० लाख
छ माया छपक्कै – ९ करोड ९२ लाख
दिमाग खराब – ८ करोड ९८ लाख
अन्जिला – ८ करोड ८३ लाख
परदेशी २ – ६ करोड ९२ लाख
छक्का पन्जा ३ – ७ करोड ८३ लाख
प्रेमगीत ३ – ७ करोड ६३ लाख
कबड्डी ३ – ७ करोड ५९ लाख
पुजार सार्की – ७ करोड ३८ लाख
महापुरुष – ७ करोड ३५ लाख
कबड्डी – ७ करोड ३४ लाख
पशुपतिप्रसाद २: भष्मे डन – ७ करोड ३२ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *