काठमाडौं । दुई हप्तामा जापानको दुर्गम र कम जनसङ्ख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ । यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन् ।
बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन् ।
भूकम्प कारण कुनै मानवीय अन्य भौतीक क्षति भने नभएको जनाइएको छ । जापान विश्वकै सबैभन्दा धेरै भूकम्प जाने देश हो । पटक पटकको भूकम्पका कारण रातको समय निदाउन त्यहाँका नागरीहरूलाई गाह्रो भइरहेको छ । जापानमा यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जान्छन् ।