काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गर्ने प्रक्रिया अघि बढेको छ ।
बुधबार पुनरावेदन अदालतले तल्लो अदालतको रोक हटाएपछि टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा बस्दै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने स्थिति सिर्जना भएको छ ।
सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले विना कागजात बसेका नेपालीलाई अस्थायी रूपमा टीपीएस सुविधा दिएको थियो । तर, सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले हाल आप्रवासीलाई घर फर्काउने बाटो खोलिदिएको छ ।
यसअघि तल्लो अदालतले उनीहरूलाई टीपीएस जारी राख्ने आदेश दिएको थियो । तर, हालको फैसलापछि नेपालीसहित विभिन्न देशका आप्रवासी प्रभावित हुने देखिएको छ ।
ट्रम्प प्रशासनले यसअघि नै भेनेजुएला, हैटी, युक्रेन, अफगानिस्तान, क्यामरुनलगायत देशका लाखौँ आप्रवासीको अस्थायी सुरक्षा स्थिति समाप्त गरिसकेको थियो ।