हाङजोउ, चीन । पूर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुनसक्ने चेतावनी जारी गरिएको छ । चीनमा यो वर्षको चौथो आँधी हो ।
प्रान्तको मौसम विज्ञान विभागका अनुसार डानस ताइवानको चियाई सहरको तटमा अवतरण गरेपछि उत्तरतर्फ अघि बढ्ने क्रम जारी रहेको छ ।
समुद्रको मध्य क्षेत्रमा अवतरण भएको यो आँधीले जुलाई–८ मा झेजियाङको ताइझोउ र छिमेकी फुजियान प्रान्तको फुझोउ बीचको तटमा पुनः जनजीवन प्रभावित पार्ने अपेक्षा गरिएको छ ।
डानासका कारण जुलाई ७ देखि ९ सम्म, मध्य र दक्षिणी झेजियांङ साथै नजिकैको तटीय क्षेत्रहरूमा ६० देखि ९० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने केही क्षेत्रहरूमा ३५० मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना छ ।
झेजियाङका सबै तटीय क्षेत्र र विभागहरूलाई आँधीको मार्गलाई सावधानीपूर्वक निगरानी गर्न, संयुक्त परामर्शलाई बलियो बनाउन र आकस्मिक योजना अनुरूप रोकथामका उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।