विशेष अदालतमा छठपछि नियमित सुनुवाइ हुने

काठमाडौं । विशेष अदालतले छठपछि मुद्दाहरूको नियमित सुनुवाइ गर्ने भएको छ । गत भदौ २३ र २४ गतेको आगजनी र तोडफोडले क्षतिग्रस्त भएको भवन र संरचना मर्मतपछि विशेष अदालतले ११ कार्तिकदेखि मुद्दाको नियमित सुनुवाइ हुने जनाएको छ ।

विशेष अदालतका अधिकृत यज्ञराज रेग्मीका अनुसार, अहिले नै मुद्दाका साथ पेश हुने आरोपितहरूको थुनछेक बहस हुनेछ भने हाजिर हुन आउने आरोपितहरूको पनि बयान र थुनछेक बहस हुनेछ ।

तर छठपछि मात्रै मुद्दाको नियमित सुनुवाइ अघि बढ्ने भएको हो । तर २४ भदौअघि नियमित रूपमा चलिरहेको अनलाइन बहस र बकपत्रको काम भने रोकिएको विशेष अदालतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *