वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन नपाइने

काठमाडौँ । मनसुन सक्रिय अवस्थामा रहेकाले विपद् न्यूनीकरण र यात्रु सुरक्षाका लागि सिन्धुली, खुर्कोटबाट वीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनमा रातको समयमा आवागमनमा लगाइएको निषेधाज्ञा थप ३० दिनका लागि लम्ब्याइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार, आज असार २० गतेदेखि लागू हुनेगरी साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म खुर्कोटबाट काठमाडौंतर्फ जाने सवारीलाई निषेध गरिएको हो। यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निर्णयअनुसार १५ दिनका लागि निषेध गरिएकोमा हाल मनसुन यथावत सक्रिय भएकाले यात्रु तथा सवारी सुरक्षाका लागि अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले जानकारी दिए।

यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समितिले क्षमाप्रार्थना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *