मुलुक विभाजनकारी एमसीसी सम्झौता , देश हितमा छैन् : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता मुलुकलाई विभाजन गर्ने काम गरेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौँमा सम्पन्न काष्ठमण्डप संवादको समापन समारोहमा सम्बोधन गर्दै खनालले भने, “मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरी गरिएको एमसीसी सम्झौताले हाम्रो राष्ट्रिय एकता विभाजनको मार्गमा धकेल्न सक्छ।”

उनले संविधानले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताबारे संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था स्पष्ट राखेको भए पनि एमसीसीको मामला यसरी पास गरिएको आरोप लगाए। “कुनै पनि अन्तर्राष्ट्रिय सन्धि सत्ताधारीहरूको चलखेल र राजनीतिक लक्ष्यको लागि प्रयोग हुनु हुँदैन,” खनालले जोड दिए।

खनालले एमसीसी परियोजना संघीय संसदबाट पारित भए तापनि यसलाई गृहकार्य, यथोचित छलफल र राष्ट्रिय सहमति बिना अनुमोदन गरिएको बताए। उनले यो सम्झौता भविष्यमा संस्था वा मुलुकको हितमा लागू गर्न नहुने खतरनाक उदाहरण बन्न सक्ने चेतावनी पनि दिए।

उनले सरकार र सबै राजनीतिक दलहरूलाई सचेत रहन आग्रह गर्दै भने, “यस्तो विवादास्पद सम्झौताले राष्ट्रिय एकता खल्बल पार्छ। राष्ट्रिय हित र सार्वभौमिक सहमतिबिना कुनै पनि सम्झौता अघि बढ्नु देशको दीर्घकालीन हितमा छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *