राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । उक्त पुल उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला एक मात्र जिल्ला थियो । २६ वर्षदेखि काम भइरहेपनि अहिलेसम्म औपचारिकरुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । सडक सञ्जाल जोडिएसँगै यसले वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास व्यक्त गरेका छन् ।

पुल उद्घाटनपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छ । यसले वैदेशिब व्यापारलाई पनि सहयोग पुग्ने छ ।’ प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *