भोटेकोसीको बाढीमा ११ जना बेपत्ता: नेपाल-चीन जाेड्ने मितेरी पुल बगायो

काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन् । आज बिहान करिब ३ बजेतिर भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्रबाट ११ जना बगाएर बेपत्ता भएका हुन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको र बाढीमा फसेका र बेपत्ता भएकाहरुको उद्धार र खोजीमा लागिएको जानकारी दिए ।

बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । बाढीले ड्राइपोर्ट क्षेत्रमा जाँचपासका लागि राखिएका दर्जनाैं ईभी गाडीहरु पनि बगाएको खबर आएको उनले बताए ।

केही व्यक्तिहरूलाई उद्धार गरिएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

0 thoughts on “भोटेकोसीको बाढीमा ११ जना बेपत्ता: नेपाल-चीन जाेड्ने मितेरी पुल बगायो

  1. Hi,

    I checked your website and noticed a few issues that might be hurting your Google rankings — like:

    Low visibility for key search terms

    Weak or missing Calls-to-Action (CTAs)

    Slow page speed or lack of mobile optimization

    These gaps often lead to missed traffic, fewer leads, and lower conversions.

    I’d love to offer you a SEO + CTA audit to identify what’s holding your site back — and how to fix it.

    Should I send the report over this week?

    Best regards,
    Manshi Sharma

Leave a Reply

Your email address will not be published. Required fields are marked *