लिपुलेक सम्झौता विवादमा चीनको प्रतिक्रिया: ‘छिमेकीलाई चोट पुर्‍याउनु हाम्रो उद्देश्य होइन’

काठमाडौं । नेपालको सहमतिबिना भारत–चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सम्झौतापछि नेपालमा तीव्र आक्रोश चुलिँदै गर्दा चीनले आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ।

पाकिस्तान भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार त्यहाँका समकक्षी इसहाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चीनले कुनै पनि छिमेकी देशलाई अप्ठेरो पार्ने नीति नराखेको स्पष्ट पारे।

विदेशमन्त्री वाङले भारत–चीनबीच भएको सम्झौता विशुद्ध व्यापारिक मात्र भएको दाबी गर्दै भने, “हामीले गरेको सहमतिले भूराजनीतिसँग खास सम्बन्ध राख्दैन। यसलाई दुई देशको अर्थतन्त्र र सम्भावित विकासको दृष्टिकोणबाट हेर्नुपर्छ, अन्य छिमेकी देशलाई चोट पुर्‍याउनु हाम्रो उद्देश्य होइन।”

उनले चीनले सबै छिमेकी राष्ट्रसँग आत्मीय सम्बन्ध कायम गर्न चाहेको पनि दोहोर्‍याए। वाङ अफगानिस्तान र भारत भ्रमण सकाएर हाल पाकिस्तानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *