एमालेले चाहने हो भने वामपन्थी एकता हुनसक्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै उनले एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको हो ।’

एमालेले वामपन्थी एकता गरौँ भनेर चाहने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको उनले बताए ।
उनले भने, ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *