पुल उद्घाटन गर्न आज हुम्ला जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न उनी हुम्ला जान लागेका हुन् ।

प्रधानमन्त्री ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले पुल उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *