काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने भएका हुन् ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले दिउँसो १ बजे बस्ने सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने जानकारी दिए । ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए ।