प्रधानमन्त्रीले आज साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय पनि हुने बताइएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा सम्बोधन गर्दैछन् ।

असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । क्याविनेट बैठकमा यसबारेर पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *