राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक : प्रधानमन्त्रीपनि सहभागी हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी फागुन २१ गते तय भएको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको र सरकारले राजनीतिक दलहरूसँग संवाद नगरेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको छ । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा राष्ट्रपतिले निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सुझाव दिएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी गरिरहेको र सरकारले पनि सोहीअनुसार आवश्यक व्यवस्था गरिरहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *