एमालेले आज दल दर्ता गर्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।

एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो आयोग पुगेर औपचारिक रूपमा दल दर्ता प्रक्रिया पूरा गरिने छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने व्यवस्था छ । हालसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना गर्नु पर्ने आफ्नो अडान दोहोर्याउँदै आएका एमालेले आज दल दर्ता गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *