काठमाडौं महानगरको कार्यपालिका बैठक आज बस्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

महानगरको लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन । जसका कारण काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेज ल्याउन सकेको छैन ।

लामो समयदेखि कार्यपालिका बैठक नै बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *