नयाँ पुस्तालाई नेतृत्व सुम्पिए देशले सही दिशा पाउँछ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको बताएकी छन्। सामाजिक सद्भाव र आपसी सहिष्णुता कायम गर्दै निर्वाचनलाई राष्ट्रिय कार्यभारका रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिइन्।

सोमबार साँझ पूर्व सांसद मञ्चका प्रतिनिधिमण्डलसँग बालुवाटारस्थित सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री कार्कीले समाजका सबै तह र तप्काले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्। उनले प्रत्येक नेपाली नागरिकले ‘यो देश मेरो पनि हो’ भन्ने भावनाका साथ लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुपर्ने बताइन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले भनिन्, “समाजमा शान्ति र सद्भाव कायम राख्दै भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैको सक्रिय र जिम्मेवार सहभागिता आवश्यक छ।” उनले पूर्व सांसद मञ्चका प्रतिनिधिहरूलाई समेत यो अभियानमा अग्रसर हुन विशेष आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेको उल्लेख गर्दै अब मतदाता शिक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइन्। “निर्वाचन अवश्य हुन्छ,” उनले भनिन्, “यो निर्वाचनले देशलाई सही निकास दिनुपर्छ। नयाँ पुस्ताको हातमा शासन व्यवस्था हस्तान्तरण हुन सके देशले नयाँ लय समाउनेछ।”

भेटका क्रममा पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले निर्वाचन नै मुलुकका लागि एकमात्र लोकतान्त्रिक विकल्प भएको स्पष्ट पारे। उनले सरकारलाई पूर्ण समर्थन रहने जनाउँदै भने, “जननिर्वाचित संसद् स्थापना भएपछि मात्रै लोकतन्त्र जीवन्त हुन्छ र देशले दीर्घकालीन समाधान पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *