सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे बस्नेगरि बोलाइएको हो । कार्यव्यवस्थाको बैठकले आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *