एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं । नेकपा एकिकृत समाजवादी निकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा निर्वाचित भएका छन् । आज सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको हो । थापा लामो समयदेखि विद्यार्थी राजनीतिमा सकृय रहेका छन् । उनी एकिकृत समाजवादी निकट अनेरास्ववियूका उपाध्यक्ष समेत रहेका हुन् ।

नेकपा एकीकृत समाजवादीको ५औ विद्यार्थी जिल्ला कमिटी अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

सो अधिवेशनले अध्यक्षमा थापा, उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम विसि, उपसचिवमा राम बहादुर मल्ल सहित ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *