काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष माधव नेपालले खेपरिहेको पतञ्जलि जग्गा प्रकरण मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ ।
झाँक्रीले केही दिनअघि लुम्बिनीमा सार्वजनिक कार्यक्रमबाटै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भन्दै अर्लि इलेक्सन गरेर अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
पार्टी अध्यक्षविरुद्धको उक्त अभिव्यक्तिले रामकुमारीमाथि पार्टीका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् । यसै विषयमा पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन समेत निदेशर्कन दिइसकेको छ । जसको समय सीमा आजै सकिँदै छ ।