पुरानो धङधङी छोड्दै एकतामा अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कार्यकर्तालाई पुरानो पार्टीगत सोच, मानसिकता र गुटगत अभ्यास त्यागेर नयाँ पार्टीलाई मजबुत बनाउन एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरेका छन्।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले १४ घटक मिलेर बनेको नयाँ पार्टीलाई मजबुत संगठनमा रूपान्तरण गर्न सबैले पुराना बानी–चाल र धङधङी त्याग्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “अब पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकता त्याग्नुपर्छ, साझा संगठन निर्माण नै हाम्रो प्राथमिकता हुनुपर्छ।”

माधव नेपालका अनुसार संगठन–संगठन छुट्याएर द्वन्द्व सिर्जना गर्ने प्रवृत्ति अन्त्य गरिनु जरुरी छ। उनका अनुसार जनसंगठनहरूलाई एउटै संरचनामा समाहित गर्दा मात्र नयाँ पार्टीले अपेक्षित उचाई लिन सक्छ।

पूर्वमाओवादी पृष्ठभूमिका कार्यकर्तालाई इतिहास बुझ्ने शैलीसमेत सुधार्नुपर्ने सुझाव दिंदै उनले २०५२ सालकै घटनामा सीमित नरहेर २००६ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलन र २०२८ सालको झापा विद्रोहजस्ता महत्वपूर्ण चरणलाई पनि समेट्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *