तीजको रौनक सुरु : हिन्दु नारीहरुले आज दर खाँदै, भोलि निराहार व्रत

काठमाडौं। नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको रौनक आजदेखि सुरु भएको छ। तीज अघिल्लो दिन मनाइने दर खाने परम्परा अनुसार आज महिलाहरु विभिन्न स्वादिष्ट परिकार बनाएर खाने, नाचगान गर्ने र उल्लासपूर्वक रमाइलो गर्ने चलन छ।

भाद्र शुक्ल द्वितीया अर्थात् तीज अघिल्लो दिन दर खाने परम्परा महिलाहरुले निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि मान्ने गरिएको छ। तीजको दिन पूर्ण निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि पौष्टिक खानेकुरा खाइन्छ।

परम्परागत मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई वर पाउन व्रत बसेकी थिइन् र उनको इच्छा पूरा भएको विश्वास रहिआएको छ। यसै धारणासहित अविवाहित महिलाले उत्तम पति प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि तीज पर्व मनाउने प्रचलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *