मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रहनेछ भने पहाडी र केही तराई क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो, भूक्षय र डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *