नेपाल प्रिमियर लिग २०२४ आजको खेल र अंक तालिकाबारे जानकारी

काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) २०२४ अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको मैदानमा दुई खेलहरु हुँदैछन्। बिहानको खेलमा लुम्बिनी लायन्स र कर्णाली एक्स प्रतिस्पर्धा गर्दैछन्। लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ, तर कर्णालीका लागि यो खेल जित्नुपर्ने दबाब छ।

दोस्रो खेल दिउँसो बिराटनगर किङ्स र चितवन राइनोज बीच हुनेछ। बिराटनगरका लागि आजको खेल अति महत्त्वपूर्ण छ, किनभने पराजित भए उनीहरु लिग चरणबाट बाहिरिनेछन्।

हालको अंक तालिका

  1. सुदूरपश्चिम रोयल्स – ५ खेलबाट ८ अंक (४ जित, १ हार), NRR: +2.47
  2. जनकपुर बोल्ट्स – ५ खेलबाट ८ अंक (४ जित, १ हार), NRR: +0.23
  3. चितवन राइनोज – ५ खेलबाट ६ अंक (३ जित, २ हार), NRR: +1.07
  4. कर्णाली एक्स – ५ खेलबाट ६ अंक (३ जित, २ हार), NRR: +0.06
  5. काठमाडौं गुरखाज – ५ खेलबाट ४ अंक (२ जित, ३ हार), NRR: -1.01
  6. पोखरा एभेन्जर्स – ५ खेलबाट ४ अंक (२ जित, ३ हार), NRR: -1.30
  7. लुम्बिनी लायन्स – ६ खेलबाट २ अंक (१ जित, ५ हार), NRR: -0.54
  8. बिराटनगर किङ्स – ५ खेलबाट २ अंक (१ जित, ४ हार), NRR: -1.34

आगामी खेलहरू

  • डिसेम्बर १४: जनकपुर बोल्ट्स Vs पोखरा एभेन्जर्स
  • डिसेम्बर १५: सुदूरपश्चिम रोयल्स Vs काठमाडौं गुरखाज
  • डिसेम्बर १६: बिराटनगर किङ्स Vs कर्णाली एक्स

यो लिगको शीर्ष चार टोलीले प्लअफ चरणमा स्थान पक्का गर्नेछन्, जसमा पहिलो क्वालिफायर र एलिमिनेटर खेलहरू डिसेम्बर १८ मा हुनेछन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2