टी–२० विश्वकप २०२६ : नेपालको १५ सदस्यीय टोली घोषणा

काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा नयाँ अनुहारका रूपमा शेर मल्ल र बसिर अहमद समावेश भएका छन्।

एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा परेका हुन्। यस्तै, बसिर अहमदले पनि विश्वकप टोलीमा स्थान बनाएका छन्।

यसपटकको टोली चयनमा भने विश्वकप एसिया–ईएपी छनोट खेलिसकेका कुशल मल्ल र मोहम्मद आदिल आलम अटाउन सकेनन्।
घोषित टोलीमा अनुभव र युवा खेलाडीको सन्तुलित संयोजन गरिएको क्यानले जनाएको छ। विश्वकपमा प्रतिस्पर्धी प्रदर्शन गर्ने लक्ष्यसहित तयार पारिएको टोलीले भारत र श्रीलङ्कामा हुने खेलहरूमा नेपालको प्रतिनिधित्व गर्नेछ।

यस्तो छ नेपालको टोली:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *