तेस्रो खेल ८ विकेटले जित्दै नेपालद्वारा क्लिनस्विप

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको टी २० सिरिज क्लिनस्विप गरेको छ। टी २० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जीत हासिल गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए। आसिफले टी २० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै, अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।

त्यस्तै, अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्वाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए।

त्यस्तै, नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए। योसँगै नेपालले ३ खेलको सिरिज ३(० ले जितेको छ।

नेपालको टी(२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो। नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आईसीसी विश्वकप लिग(२ को सिरिज खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *