नेपालले अमेरिकालाई सुपर ओभरमा जित्यो

काठमाडौं। आइतबार डालासमा भएको टी २० शृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ ।
यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा सर्वाधिक ९२ रन बनाए।

भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन बनाए। जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो।

अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए। नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *