दैलेख । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीय डिलबहादुर थापाले पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर नदीमा खसाल्न थालिएको बताए ।
उनले भने, ‘नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ ।’ अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए ।